झण्डै ५ हजार काेराेना संक्रमित थपिए, ३५ जनाकाे मृत्यु
पछिल्लो २४ घण्टामा ४ हजार ९०४ कोराेना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १९ हजार १२३ परीक्षण गर्दा ४ हजार ९०४ जनामा कोभिड संक्रमण भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २१७ पीसीआर परीक्षणमा मंगलबार थप ३ हजार १९४ जनामा संक्रमण पुष्टि भएको हो । बाँकी एन्टीजेन परीक्षणमा देखिएका हुन् ।
त्यस्तै नेपालमा पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार ११५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ७३ हजार १९८ छ ।
Facebook Comments

