डायमण्ड रनिङ सिल्डमा क्रिकेटका सेमिफाईनल खेल सम्पन्न

पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा जारी चौथो डायमण्ड रनिङ सिल्ड खेलकुद प्रतियोगिताको तेस्रो दिन क्रिकेटका सेमिफाईनल खेल सम्पन्न भएको छ ।

अनुशासन, समृद्धिका लागि खेलकुद भन्ने मुल नाराका साथ संचालन भईरहेको खेलकुद प्रतियोगिताको तेस्रो दिन क्रिकेटका सेमिफाईनल खेल सम्पन्न भएको विद्यालय प्रबिधि तथा मिडिया संयोजक सुमन जिसीले जानकारी दिनुभयाे ।

तेस्रो दिनको पहिलो क्रिकेट खेल विद्यालय समुह र कक्षा ११ व्यवस्थापन समुह बिचको खेलमा कक्षा ११ व्यवस्थापन समुह ७२ रनले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको कक्षा ११ व्यवस्थापन समुहले समिप गुरुङको ४१ रनको मद्धतमा ११३ रन बनाउन सफल भएको थियो । ११४ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रियको स्कुल समुहलाई ४१ रनमा समेतदै कक्षा ११ व्यवस्थापन समुह विजयी भएको हो । उक्त खेलका ४१ रन बनाउन सफल कक्षा ११ व्यवस्थापन समुहका समिप गुरुङ म्यान अफ द म्याच बनेका छन् ।

दोस्रो खेलमा कक्षा १२ व्यवस्थापन समुह र कक्षा १२ विज्ञान समुह बिच भएको खेलमा कक्षा १२ विज्ञान समुह ३२ रनले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको विज्ञान समुहले ५ विकेटको क्षतिमा ६२ रन बनाएको थियो ६३ रनको लक्ष्य लिएर मैदानमा उत्रियका कक्षा १२ व्यवस्थापन समुहलाई रोशन र उद्धव बरालले चार चार विकेट लिदै ३० रनमै समेट सफल भएका थिए ।

उक्त खेलमा तिन ओभर बलिङ गर्दै ५ रन दिएर ४ विकेट लिन सफल उद्धव बराल म्यान अफ द म्याच बनेको विद्यालयमा खेलकुद शिक्षक बिनोद थापाले जानकारी दिनुभयाे । कक्षा ११ व्यवस्थापन समुह र कक्षा १२ विज्ञान समुह जित सँगै फाइनलमा प्रवेश गरेका छन् । दुई समुह बिचको फाईनल खेल कार्तिक २५ गते विहान ९ बजे हुने बताइएको छ । चौथोे डायमण्ड रनिङ सिल्ड यहि कार्तिक २६ गतेसम्म संचालन हुने बताईएको छ ।

Facebook Comments