३ हजार ९९४ जना काेराेना संक्रमण मुक्त
नेपालमा पछिल्लाे २४ घण्टामा ३ हजार ९ सय ९४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने थप २ हजार ४ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४०६ जनाको नमुना परीक्षण गरिएको थियो।
मन्त्रालयका अनुसार याे अवधिमा ४६ जनाको कोरोनाबाट मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाबाट ८ हजार ४१२ जनाको मृत्यु भएको छ।
देशभर हाल ६८ हजार ९५५ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।
हालसम्म ५ लाख ३१ हजार १०५ जना कोरोनाबाट निको भएका छन्। हालसम्म पिसिआर र एन्टिजेन गरी ३३ लाख २२ हजार ५५४ जनाको नमुना परीक्षण भएको छ। जसमध्ये पिसिआरबाट ३२ लाख १४ हजार ७२५ जनाको परीक्षण भएको हो।
पछिल्ला दिनमा काेराेना संक्रमण हुने भन्दा संक्रमण मुक्त हुनेकाे संख्या धेरै रहने गरेकाे छ ।
Facebook Comments

