विश्वकै ठूलाे मानिएकाे परिवारका मुखिया जिओना चानाको निधन

भारतको मिजोरमस्थित दुनियाँको सबैभन्दा ठूलो परिवारको ‘मुखिया’ दावी गर्ने जिओना चानाको निधन भएको छ।

७६ वर्षीय जिओनाको आइतबार निधन भएको मिजोरमका मुख्यमन्त्री जोरमथाङ्गाले पुष्टी गर्नुभएकाे छ ।

चानाका ३८ श्रीमती र ८९ सन्तान रहेका छन् । एउटै घर भान्छामा खाना खाने याे परिवार विश्वकै ठूलाे परिवार भएकाे मानिन्थ्याे ।

राज्यको बकटावंग गाउँ जिओनाको सबैभन्दा ठूलो परिवार भएको कारण राज्यको मुख्य पर्यटनको आकर्षण मानिन्थ्यो।

चानाको परिवारसँग भेटघाट गर्नकै लागि देश तथा विदेशबाट पर्यटकहरू पुग्ने गरेका छन्।

जिओनाको परिवार ठूलो भएपनिकुनै आर्थिक समस्या छैन। सबै सन्तान आत्मनिर्भर रहेको एनडीटिभीले जनाएको छ।

चानाको परिवारमा अहिले कम्तिमा दुईसय सदस्य रहेका छन्। बिबिसीबाट

Facebook Comments