मार्सल लगाएर गण्डकी प्रदेशकाे बजेट पारित
गण्डकी प्रदेशसभामा सरकारले प्रस्तुत गरेकाे आगामी आर्थिक वर्षका लागि बजेट विपक्षीकाे अवराेधकावीच पारित गरेको छ। पटक पटक बसेकाे संसद बैठकमा विपक्षीकाे अवराेध कायम रहेपछि मार्सल लगाएर बजेट पारित गरिएकाे हाे ।
मुख्यमन्त्री तथा अर्थमन्त्री कृष्णचन्द्र पोखरेलले संसदमा विनियोजित विधेयक पेश गरेलगत्तै प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरू नाराबाजीमा उत्रिएका थिए। नाराबाजी हुँदा समेत सदनमा विनियोजन विधेयक पेश भएपछि एमाले सांसदहरू बाहिरिएका थिए। नाराबाजीका क्रममा एमाले सांसदहरूले टेबुल उठाएर फालेका थिए ।
एमाले नेतृत्वको सरकारले ल्याएका योजना र कार्यक्रम काटिएको भन्दै एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए। उक्त माग सम्बाेधन नभएकाले सदनमा विराेध गर्नुपरेकाे एमालेकाे दावी छ ।

