अविरल बर्षाका कारण जनजीवन प्रभावित
वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा भारी वर्षा भइरहेको छ । ति स्थानका विभिन्न स्थानमा पहिराे जानुका साथै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरूमा डुवानका साथै कतिपय घरहरू बाढीले बगाएकाे छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी, गण्डकी, त्रिशूली र तिनाउ नदीमा ठूलाे बाढी आएको छ ।
ती स्थानमा जाेखिम बढेकाले खतराकाे संकेतका लागि साइरन बजाइएकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।
मनाङ र मुस्ताङका खहरे खाेलाहरूमा बाढी आउँदा कतिपय बस्ती बगाएकाे समाचार प्राप्त भएकाे छ ।
कास्कीकाे मादी नदीको बढीले सुपर मादी हाईड्रो पावरको क्रसर उधोग सहित एउटा एक्साभेटर , एक लोडर र एक टिपर लगायतका साधनहरु बगाएको खवर छ।
मादी ७ मा सडक चक्लाउदा जोखिमा रहेका १७ वटा पोल स्थान्तरणको प्रकृयामा रहेकोमा नेपाल बिद्युत प्राधीकरण र पुर्बधार बिकास कार्यलयको समन्वय ढिलो हुदा खतेडांडा सुरु हुने चोकमा स्थानतरण गर्नु पर्ने एक पोल ढलेको छ। जसका कारण मादी ७ मा विद्युत आपुर्ति अवरूद्ध भएकाे छ ।
उता मनाङ सदरमुकाम चामे र लमजुङ हुँदै मनाङकाे प्रवेशद्वारमा रहेकाे ताल गाउँमा बाढी पस्दा दर्जनाै घरमा क्षति पुगेकाे छ । भीषण बर्षा भइरहेकाले उद्दार कार्यमा समेत कठिनाइ भएकाे मनाङकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
चामे बजार क्षेत्रका घट्टेखोला र च्यट्टु खोलामा आएको बाढीले ६ घर पूर्ण रूपमा क्षति गरेको तथा तालमा ३० घर डुबानमा परेकाे मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयाे ।
कास्की, अर्घाखाँची, नवलपरासी, पाल्पा, लम्जुङ, स्याङ्जा, रुपन्देही, गोर्खा, चितवन र म्याग्दी क्षेत्रमा बढी पानी परेकाले ठूला नदीहरूमा जलसतह बढेकाे छ ।
स्याङ्जाकाे भीरकाेट नगरपालिकाले भीषण बर्षा भइरहेकाले सचेत हुन नागरिकलाइ अनुराेध गरेकाे छ ।


