मनकामना दर्शनका लागि भारतका वित्त राज्यमन्त्री नेपालमा
भारतका वित्त राज्यमन्त्री पंकज चौधरी गाेरखा जिल्लामा रहेकाे मनकामना मन्दिर दर्शनका लागि नेपाल आउनुभएकाे छ । मन्त्री चाैधरी परिवारका सदस्य तथा निकट सहयाेगी सहित स्थलमार्ग हुँदै नेपाल आउनुभउकाे हाे ।
सुनौली भैरहवावाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्नुभएका चाैधरी आइतबार नै मनकामना पुग्ने र मनकामना दर्शन गर्ने तालिका तय भएकाे बताइएकाे छ ।
भारतीय जनता पार्टीका नेता समेत रहनुभएका मन्त्री चाैधरीको भ्रमण धार्मिक तथा नीजि रहेको बताइएको छ । सुरक्षा श्राेतले मनकामना मन्दिर र बस्ने होटल चितवनकाे रिभर साइड हाेटल आसपासमा सुरक्षा व्यवस्था थप मजबुत बनाइएको उल्लेख गरेकाे छ ।
Facebook Comments

