शहीद स्मारक ए डिभिजन लिग शुरु

बहुप्रतिक्षित शहीद स्मारक ए डिभिजन लिग २०७८ सुरु भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबारदेखि ए डिभिजन लिग सुरु भएको हो ।

उद्‌घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लबबीचको खेल भयाे । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक ए डिभिजन लिगको खेल फ्लड लाइटमा खेलाएको जनाएको छ।

१४ क्लबले प्रतिस्पर्धामा रहेकामा लिगको विजेताले नगद ७५ लाख पाउनेछन् भने उपविजेताले ५० लाख र तेस्रोले २५ लाख प्राप्त गर्नेछ ।

लिगमा प्रतिस्पर्धा गर्ने टिममा सशस्त्र पुलिस फोर्स, विर्गेड ब्वाइज क्लब, च्यासल युथ क्लब, फेण्डस क्लव, हिमालयन शेर्पा, जावलाखेल युथ क्लव, मछिन्द्र फुटवल क्लब, मनाङ मस्र्याङ्दी क्लव, नेपाल आर्मी, नेपाल पुलिस क्लव, न्यूरोड टिम, संकटा क्लव, सातदोवाो युथ क्लव, थ्रि स्टार फुटबल क्लव रहेका छन् ।

Facebook Comments