पत्रकारलाई कोरोना खोपमा प्राथमिकता देउः सर्वाेच्च

सर्वोच्च अदालतले पत्रकारहरूलाई कोरोनाभाइरसविरूद्ध खोप लगाउने कार्यमा प्राथमिकता दिन भनेकाे छ ।

सर्वाेच्चले पत्रकारहरूको पेशागत प्रकृति र परिस्थिति जनसमुदाय वा समूहमा पुग्नुपर्ने वा जनसम्पर्कमा हुनुपर्ने भएकाले प्राथमिकताका साथ खाेपकाे व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको हाे।

न्यायाधीश कुमार चुडालको एकल इजलासले कोभिड विरूद्धको पहिलो खोप लगाएकालाई दोश्रो र पहिलो खोप पनि नलगाएकालाई कोभिड विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश दिएको हो।

यसअघि कतिपय जिल्लामा पत्रकार महासंघकाे पहलमा पत्रकारले खाेप लगाएका थिए ।

Facebook Comments