चीनकाे हेनानमा बाढी र डुबानले जनजीवन अस्तव्यस्त, १८काे मृत्यु(भिडियाे)

चीनको हेनान प्रान्तमा अविरल वर्षासँगै आएको बाढी र डुबानले जनजीवन अस्तव्यस्त भएको छ। लगातार परेको पानीपछि बाढी अाउँदा हेनानकाे राजधानी झेङझाउमा बाढीले डुबान भएकाे हाे ।

शुक्रबारदेखि मंगलबारसम्म लगातार परेको पानीले अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको छ भने दुई लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको सरकारी अधिकारीहरूले जनाएका छन्।

पीडितको उद्धारका लागि तीन हजारभन्दा जनमुक्ति सेना खटाइएको छ। रेल, सडक र विमानस्थल बन्द गरिएका छन् जसले गर्दा पनि जनजीवन अस्तव्यस्त बनेकाे छ ।

मौसमविद्हरूलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले गत शनिबारदेखि मंगलबारसम्म झेङझाउमा  ६ सय १७ मिलिमिटर पानी परेको जनाएका छन्। जुन एक हजार  वर्षमा एक चोटी हुने ठानिएकाे छ ।

Facebook Comments