थप २ हजार ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय १५ पीसीआर परीक्षणमा १ हजार ९ सय १८ र ३ हजार ९ सय १ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २ हजार ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ४ सय ७५ रहेको छ र ३० जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा ६ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ । हाल काेराेना भाइरसबाट सक्रिय संक्रमितकाे संख्या २६ हजार ८ सय ३२ रहेकाे छ ।

Facebook Comments