एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किंग्स ११ काे विजयी सुरुवात
काठमाडौं किंग्स ११ ले चाैथाे संस्करणकाे एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विजयी सुरुवात गरेकाे छ ।
शनिबार भएकाे उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई ७ विकेटले पराजित गरेकाे हाे । ललितपुरले दिएकाे १५८ रनकाे लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेकाे हाे ।
काठमाडौंकाे जितमा जिम्बाब्बेका बर्लले अविजित रहँदै सर्वाधिक ७३ रन र अफगानिस्तानका गुर्बाजले ५९ रन बनाएका थिए ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे ललितपुरले पवन सर्राफकाे अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५८ रनकाे चुनाैति काठमाण्डाैं किंग्सलाइ दिएकाे थियाे ।
Facebook Comments

