युनाईटेड क्लवद्धारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डष्टविन वितरण
युनाईटेड क्लव पोखराले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डष्टविन वितरण गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरको सरसफाईलाई मध्येनजर गरी युनाईटेड क्लवले बाबा फाउण्डेशनको सहकार्यमा १० सेट डष्टविन वितरण गरेको हो ।
सो अवसरमा वोल्दै गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फोहोर ब्यवस्थापनलाई मध्येनजर गरी युनाईटेड क्लवले डष्टविन प्रदान गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयाे
मन्त्री गुरुङले युनाईटेड क्लव जस्तै अन्य सामाजिक क्षेत्रमा काम गर्ने क्लवहरुले समेत सरकारी अस्पतालहरुमा आवश्यक परेका सामाग्रीहरु सहयोग गरेको खण्डमा पक्कैपनि सरकारी क्षेत्रहरुमा सुधार हुने वताउनुभयाे ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान संघीय सरकार अन्तर्गत रहेतापनि आफुहरुले प्रदेश सरकारकै मूख्य अस्पतालको रुपमा लिएर अगाडि वढेको वताउदै मन्त्री गुरुङले प्रतिष्ठानमा आवश्यक पूर्वाधार संगै सरसफाइको क्षेत्रमा समेत सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयाे ।
त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर डुक बहादुर क्षेत्रीले पोखरामा रहेर सामाजिक कार्यमा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवद्धारा सरकारी संस्था लाई अपनत्व वहन गरि सहयोग गरेको सामाग्रीको सदुपयोग हुने वताउनुभयाे ।
डक्टर क्षेत्रीले सरकारी अस्पतालहरुमा उपकरणहरुमा बजेट विनियोजन हुने भएतापनि उपकरणको मर्मत संभार र सरसफाइका लागी पर्याप्त बजेट नहुने भएकाले पनि विभिन्न निकायहरुको सहयोगमा सरसफाइका सामाग्रीहरु आफुहरुले प्रयोग गर्दै आइरहेको उहाँको भनाइ रहेको थियो ।
त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर भरत वहादुर खत्रि खत्रीले आफ्नो कार्यकालको सुरुवात देखीनै अस्पतालको गेटबाट डस्टविनहरु राख्ने जमर्को गरिरहेको र हाल आएर युनाईटेड क्लवले डस्टविन सहयोग गरेकोमा आफुहरुको योजना अनुरुप अस्पतालको गेटबाटै डस्टविन राख्ने कामको थालनी गरिने वताउदै सहयोगी संस्था युनाईटेड क्लव प्रति आभार प्रकट गर्नुभयाे ।

