थप २ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार ७ हजार ८ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २ हजार ६ सय १७ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जना गरी २ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे हाे ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३ सय २ जना निको भएकाे पनि मन्त्रालयले जनाएकाे छ ।
याेसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ९ सय ७९ पुगेको छ । जसमध्ये ११ हजार ५ सय १८ काे मृत्यु भएकाे छ भने ८ लाख १ हजार ७ सय २२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ८७ जना रहेका छन् ।
मन्त्रालयका अनुसार कोरोना संक्रमितमध्ये गम्भीर अवस्थाका १ सय ७५ जनाका आईसीयू र ३३ जना भेन्टिलेटरमा उपचार भइरहेकाे छ ।

