एमसिसी सम्झाैतामा ‘व्याख्यात्मक टिप्पणी’ जनता झुक्याउने खेल: एमाले

नेकपा एमालेले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको एमसीसी सम्झौता दुइ पक्षवीच भएकाेले व्याख्यात्मक टिप्पणीकाे कुनै अर्थ नहुने धारणा व्यक्त गरेकाे छ ।

साथै उसले अब एमसिसी मुलुकको प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्ने बताएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एमालेले एमसीसी सम्झौता परियाेजनामा अब जनअभिमत विभाजित हुन नदिइ अगाडि बढाउनुपर्ने बताएकाे छ ।

संसद्‍को सबैभन्दा ठूलो दल नेकपा एमालेलाई बाहिर राखेर राष्ट्रिय महत्त्वको विषयमा निर्णय गरिएको र यसले संसदीय अभ्यासको उपेक्षा भएको भन्दै सरकार र सभामुखकाे आलाेचना गरिएकाे छ ।

साथै एमालेले एमसिसी सम्बन्धि प्रस्ताव गैरकानुनी काम संसदमा भएकाे आराेप लगाएकाे छ । एउटा अधिवेशनमा पेश भएकाे कुनै प्रस्ताव साेही अधिवेशनमा पास हुनुपर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीकाे तर्क थियाे ।

Facebook Comments