बिभिन्न ६ कम्युनिष्ट घटकले एमसिसीकाे विराेध जारी राख्ने
नेत्रबिक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी, माेहन बैद्यकाे नेतृत्वमा रहेकाे नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माअाेवादी सहितका ६ वटा कम्युनिष्ट पार्टीहरूले प्रतिनिधिसभाबाट एमसिसी पारित भएकाे विराेधमा कार्यक्रम जारी राख्ने भएका छन् ।
मंगलबार बसेकाे ६ पार्टीकाे बैठकले विभिन्न कार्यक्रम घाेषणा गरेकाे छ । जस अनुसार विराेध सभा, अन्तर्किया, प्रदर्शन लगायतका कार्यक्रम छन् ।
एमसिसी पारिट भएकाे दिन फागुन १५ लाइ कालाे दिनकाे संज्ञा समेत उनीहरूले दिएका छन् ।

Facebook Comments

