प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा, भारतीय विदेशमन्त्री र सुरक्षा सल्लाहकारसँग भेट
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा प्रधानमन्त्री देउवा र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो ।

शुक्रबार नै तीनदिने भारत भ्रमणमा लागि ५० सदस्यीय नेपाली टाेली सहित प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गर्नुभएकाे थियाे ।
प्रधान्मन्त्री देउवाले भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेट भएकाे छ । प्रधानमन्त्री देउवा पाँच बजे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा पुग्नुभएकाे थियाे ।
त्यहाँ प्रधानमन्त्री देउवा र भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डासँग पनि भेटवार्ता भएकाे थियाे ।
प्रधानमन्त्री देउवाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले आइतबार बनारसको भ्रमण गर्ने र सोही दिन स्वदेश फर्किने कार्यक्रम छ ।

