गण्डकी प्रदेशलाइ नमुना प्रदेश बनाउछौः नेता खगराज अधिकारी
नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर १ ( १) का प्रदेश सभा सदस्यका उम्मेदवार खगराज अधिकारीले गन्डकी प्रदेशलाइ नमुमा प्रदेश बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभएकाे छ ।
रुपा गाउँपालिका वडा नम्बर ५ देउराली,फेदी,रामदी र खडागाउमा घरदैलो पछिको कोण सभालाई सम्बोधन गर्दै अधिकारीले उक्त कुरा बताउनुभएकाे हाे ।
एमालेका संगठन बिभाग प्रमुख समेत रहेका नेता अधिकारीले यो देशको बिकास र जनताका सपना पुरा गर्ने पार्टी एमाले रहेको बताउदै बिकासका लागि सबै दललाइ हातेमालो गरेर अगाडी बढ्न आह्वान गर्नुभयाे ।
चुनाब पछि यो देशमा एमालेको नेतृत्वमा सरकार बन्ने दाबि गर्दै उहाँले जनताका आवश्यकता र बिकासका कामहरु तिब्र रुपमा गर्ने , स्वाथ्य सेवालाइ निशुल्क र सेवाग्राहीलाइ अनलाइन मार्फत सेवा दिने गरि अगाडी बढ्ने बताउनुभयाे ।
Facebook Comments

