कोलपाटन आमा समुहको अधिवेशन सम्पन्न
पोखरा १७ स्थिति कोलपाटन आमा समुहको चौधौ साधारण सभा एवम् सातौ अधिवेशनले सावित्री पौडेलको अध्यक्षतामा १५ सदस्यी कार्य समिति सर्वसम्वत चयन गरेको छ ।
समुहको उपाध्यक्षमा अम्वा पराजुली, सचिव करणा बराल, सहसचिव सर्मिला पौडेल, कोषाध्यक्षमा शुशिला वानिया, सहकोषाध्यक्षमा सविना वानिया र सदस्यहरुमा लक्ष्मी गौतम, सिता कुँवर, सरस्वती पराजुली, सुष्मा पौडेल, पशुपति वानिया, सिमा थापा, लक्ष्मी शर्मा बराल, सिता बराल र सावित्री पराजुली रहनुभएको छ ।
गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले अधिवेशनको उद्घाटन गर्दै प्राप्त हक अधिकारको उपयोग गर्दै थप अधिकारका लागि महिलाहरु एकतावद्ध भएर अघि बढनु पर्ने बताउनुभयो ।
आमा समुहको माध्येमवाट महिलाले नेतृत्व विकाससंगै आय आर्जनमा समेत जोडिएको बताउँदै उहाँले यस्ता समुहलाई जनताको नजिकको स्थानीय सरकारको साथ र सहयोग हुनु पर्ने आवश्यकता औल्याउनुभयो ।
पोखरा महानगरपालिका वडा नं. १५ का वडाअध्यक्ष तोरण बानियाले वडाका अति आवश्यक र अधुरा विकास निर्माणका कार्यलाई सम्पन्न गर्ने अभियानमा जुटेको बताउनुभयो ।
कार्यक्रममा उपसभामुख शर्माले कोलपाटन वहुद्देश्यीय भवन निर्माणमा सहयोग गर्ने विभिन्न संघसंस्था एवम व्यक्तिहरुलाई सम्मान गर्नुभएको थियो ।
समुहका अध्यक्ष सावित्री पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान वडाअध्यक्ष प्रकाश पौडेल, समाजसेवी हेरम्वराज पराजुली, समुहका पूर्व अध्यक्ष पार्वती कार्की, समाज कल्याण समितिका अध्यक्ष कृषण बहादुर खत्री, अम्वीका पराजुली, लगायतले आमा समुहको महत्व एवम् महिलाको क्षेमता अभिवृद्धिमा खेलेको मूमिकाका बारेमा चर्चा गर्नुभएको थियो ।

