प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फिर्ता
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमण सकेर आइतबार साँझ स्वदेश फिर्ता हुनुभएकाे छ ।
प्रधानमन्त्री देउवा नयाँदिल्लीबाट नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्कनुभएकाे हाे ।
सरकार गठन भएकाे ९ महिनापछि देउवा शुक्रबार पहिलो पटक विदेश भ्रमणका लागि भारत जानुभएकाे हाे ।
आज प्रधानमन्त्री देउवाले उत्तर प्रदेशको धार्मिक सहर बनारसका विभिन्न मन्दिरमा पूजाआजा गर्नुका साथै नेपाल सरकारले बनाउन लागेको वृद्धाश्रमको शिलान्यास गर्नुभएकाे थियाे ।
भ्रमणका दाैरान बिभिन्न ४ वटा सम्झाैतामा हस्ताक्षर भएकाे थियाे । बिद्युत निर्यात, हवाइ प्रवेश विन्दुका लागि अनुमति, सीमा समस्या लगायतका बिषयमा प्रधानमन्त्रीले भारत सरकारका प्रधानमन्त्री नरेन्द्र माेदीसँग नेपालकाे सराेकार राख्नुभएकाे थियाे ।
तस्वीरः प्रधानमन्त्रीकाे सचिवालय
Facebook Comments

