फिफा विश्वकप २०२२ः समूह चरणका खेल सम्पन्न

फिफा विश्वकप २०२२ को समूह चरणका खेल सकिएका छन्। शुक्रबार रातीसम्ममा समूह चरणका खेल सकिएकाे हाे । शनिबार देखि नै नकआउट चरणका खेल शुरू हुँदैछन् ।

यसअघि समूह चरणकाे अन्तिम खेलमा अन्तिम खेलमा क्यामरुनले ब्राजिललाई १-० गोल हरयाे ।

त्यस्तै स्विट्जरल्यान्डले सर्वियामाथि ३-२ गोलको जित निकाल्दा उरूग्वेले घानालाइ पराजित गर्याे । तर दुवै उरूग्वे र घाना दुवै टिम समूह चरणबाटै बाहिरिएका छन् । पाेर्चुगल र दक्षिण काेरिया पनि समूहकाे उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएका छन् । यसपटककाे विश्वकपमा अन्तिम १६ मा युरोपबाट ८ टिम, एसियाबाट ३ टिम छनाैट भएका छन् ।

यस्तै अफ्रिका र दक्षिण अमेरिकाबाट २-२ टिमले अन्तिम १६ मा प्रतिस्पर्धा गर्दैछन् । शनिबार राति नेदरल्यान्ड्स र अमेरिका तथा अर्जेन्टिना र अस्ट्रेलियावीच प्रतिस्पर्धा हुनेछ भने मंगलबा रातिसम्म अन्तिम १६ टिमवीचका खेल सकिनेछन्।

अन्तिम १६ का खेल 
नेदरल्याण्ड्स भर्सेस अमेरिका
अर्जेन्टिना भर्सेस अस्ट्रेलिया
फ्रान्स भर्सेस पोल्याण्ड
इंग्ल्याण्ड भर्सेस सेनेगल
जापान भर्सेस क्रोएसिया
ब्राजिल भर्सेस दक्षिण कोरिया
मोरक्को भर्सेस स्पेन
पोर्चुगल भर्सेस स्विट्जरल्याण्ड

Facebook Comments