इन्धनमा पुनः मुल्यबृद्धि

नेपाल आयल निगमले इन्धनकाे मुल्य बढाएकाे छ । साेमबार साँझ निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यवृद्धि गरेको जानकारी दिएकाे हाे ।

निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

सरकारले कर घटाएकाले यसअघि भने पेट्राेलमा २० रूपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर २९ रूपैयाँ मुल्य घटेकाे थियाे ।

निगमले इन्धनमा लगतार घाटा भएपछि विकल्पबारे सरकारलाइ सुझाव दिएकाे छ । जस अनुसार शनिबार सवारी साधन प्रयाेगमा कमी, काेटा ताेकेर इन्धन वितरण, जाेर विजाेर प्रणाली लगायतका छन् ।

Facebook Comments