विश्वकप २०२२ः अर्जेन्टिना र नेदरल्यान्डस् अन्तिम आठमा
अर्जेन्टिना र नेदरल्यान्डस् कतारमा जारी २२ औं संस्करण फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
यी २ टाेलीवीच सेमीफाइनल प्रवेशका लागि आगामी शुक्रबार राति प्रतिस्पर्धा हुनेछ ।
गएराति अहमेद बिन अलि स्टेडियममा भएको खेलमा अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले क्वाटरफाइनलमामा नेदरल्याण्डसँगको भेट पक्का गरेको हो।
अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेसी र जुलियन अल्भारेजले एक-एक गोल गरे। अष्ट्रेलियाले एक गोल आत्मघाती पाएकाे हाे ।
त्यस्तै नेदरल्यान्ड्सले यसअघि अमेरिकालाई ३-१ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हाे ।
विश्वकपमा अन्तिम ८ मा प्रवेशका लागि आइतबार राती फ्रान्स र पाेल्याड तथा इङल्याण्ड र सेनेगलवीच प्रतिस्पर्धा हुँदैछ ।

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले सर्वाधिक गाेलकर्ता
विश्वकपमा सर्वाधिक गोल गर्ने सूचीमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन्।
अर्जेन्टिनाका लागि कप्तानी गरेको १०० औं खेलमा मेसीले क्रिस्टियानाे राेनाल्डाेसँगकाे समान गाेलकाे रेकर्ड ब्रेक गरेका हुन् ।
मेसीले करिअरको १००० औं खेल खेल्दा देशका लागि १६९ खेलमा अन्तर्राष्ट्रिय गोल संख्या ९४ पुर्याएका छन्।
गएराति अस्ट्रेलियाविरूद्ध एक गोल गरेसँगै विश्वकपमा मेसीको गोल संख्या ९ पुगेको छ। यसअघि उनी र रोनाल्डोको गोल संख्या समान ८-८ थियो।

