बेइजिङमा शीतकालीन ओलम्पिक सुरू
चीनकाे बेइजिङमा शीतकालीन ओलम्पिक सुरू भएको छ। शुक्रबार बेइजिङमा भब्य कार्यक्रमबीच उद्घाटन भएको शीतकालीन ओलम्पिक फ्रेबुअरी २० सम्म चल्नेछ।
कार्यक्रममा खेलाडीहरूको परेड र ओलम्पिक दीप प्रज्वलन लगायतका विभिन्न १५ वटा प्रस्तुति देखाइएकाे थियाे ।
२४औँ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह पैचिङ राष्ट्रिय स्टुटियोमा आयोजना भएको उद्घाटन समाराेहमा चीनका राष्ट्रपति सी चिनफिङ, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमास बाच, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलगायतकाे सहभागिता थियाे ।
त्यसै गरी समारोहमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसहित २१ भन्दा बढी मुलुकका नेता पनि उपस्थित भएका थिए। मधुर बत्तीहरूको प्रकाशसँगै २४ सेकेण्ड गन्ती गरी भव्य सजावटसहितको उद्धघाटन समारोह सुरू गरिएको थियो।
सन् २०२२ को शीतकालीन ओलम्पिकको उद्घाटन र चिनियाँ पर्व ‘स्प्रिङ फेस्टिवलको सुरुवात’ संयोगवस एकै दिन परेको छ । वर्षको २४ सौर्यकाल मध्ये पहिलो अवधिलाई स्प्रिङ पर्वका रूपमा एक महिनासम्म मनाउने चिनियाँ चलन छ।
चीनको राजधानी बेइजिङको बर्ड्स नेस्ट स्टेडियममा पाँचदेखि ७० वर्षभन्दा बढी उमेर समूहका नृतङ्गनाहरूले प्रदर्शन गरेका थिए । भारत, अमेरिका लगायतका केही देशले भने कुटनीतिक रूपमा समेत शीतकालीन ओलम्पिक बहिष्का
चीनको राजधानी बेइजिङको बर्ड्स नेस्ट स्टेडियममा पाँचदेखि ७० वर्षभन्दा बढी उमेर समूहका नृतङ्गनाहरूले प्रदर्शन गरेका थिए । भारत, अमेरिका लगायतका केही देशले भने कुटनीतिक रूपमा समेत शीतकालीन ओलम्पिक बहिष्कार गरेका छन् ।

