केपी ओली बयलगाढा दर्शनका हिमायतीः माधवकुमार नेपाल
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाल अध्यक्ष केपी शर्मा ओली बयलगाढा दर्शनका हिमायती भएकाे बताउनुभएकाे छ ।
गठतन्त्र बिराेधी भएकाले नै पश्चगामी शक्तिहरूसँग ओलीकाे साठगाँठ रहेकाे अध्यक्ष नेपालकाे आराेप थियाे ।
चितवनकाे भरतपुरमा ५ दलीय गठबन्धनले गरेकाे सभामा बाेल्दै अध्यक्ष नेपालले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार रेनु दाहाललाई पुष्पकमल दाहाल प्रचण्डको छोरीको रुपमा मात्र बुझ्न नहुने बताउनुभयाे ।
उहाँले नेताका छोराछोरी पनि योग्यता र क्षमताले मात्र अघि बढ्ने बताउनुभयाे
‘रेनुलाई पुष्पकमल दाहालको छोरीका मात्रै हेर्नुहुन्न,’ उहाँले भन्नुभयाे, ‘कोही योग्य छन् भने आफ्नो योग्यताका आधारमा आउने हुन् । बाबुको आधारमा होइन । कोही योग्य छ भने छोरी भनेर छेक्नु पनि हुँदैन ।’
नेता नेपालले रेनु दाहालकाे नेतृत्वमा भरतपुरमा राम्राे विकास भएकाे बताउनुभयाे ।

