निर्वाचनमा गरिएकाे गठबन्धन सही प्रमाणित भएकाे सत्तारूढ दलकाे निष्कर्ष
सत्तारुढ गठबन्धनले निरन्तरता पाउने भएकाे छ । गठबन्धनका सहभागी चार दलकाे बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गरिएकाे गठबन्धन सही रहेकाे निश्कर्ष निकालेकाे छ ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठक बसेकाे थियाे ।
बैठकपछि जारी विज्ञप्तिमा गठबन्धनको सान्दर्भिकता पुष्टि भएको जिकीर गरिएकाे छ । बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले गठबन्धनलाइ निरन्तरता दिने र सत्ता साझेदारीका बिषयमा सांसदहरूकाे सपथपछि बैठक बसेर निर्णय गर्ने बताउनुभयाे ।

Facebook Comments

