३३ किलाे सुन प्रकरणः गाेरेका भाइ धराैटीमा रिहा
बहुचर्चित ३३ किलो सुन प्रकरणका दाेषी ठहर भइ जेलमा रहेका चुडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेती धरौटीमा छुटेका छन्।
जिल्ला अदालत मोरङकाे निज उप्रेती छुटेका हुन् । न्यायाधीश भरत लम्सालको इजलासले बिहीबार उप्रेतीलाई दुई लाख धरौटीमा छाडन आदेश दिएको हो।
युएई बस्दै आएका रमेश मङ्गलबार नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। प्रहरीले बुधबार अदालतमा उपस्थित गराएको थियो।
गत २७ मंसिरमा मुख्य आरोपी मध्येका एक एमके मामा भनिने मोहनकुमार अग्रवाल जिल्ला अदालत मोरङमा सुटुक्क हाजिर भएका थिए। थुनछेक बहसपछि तीन लाख धरौटी बुझाएर उनी छुटेका थिए ।
अदालतले आरोपीलाइ धराैटीमा छाड्न आदेश दिएपछि फरार आरोपी पनि नेपाल आउन थालेका छन् ।
Facebook Comments

