थप १ हजार ३८६ मा काेराेना संक्रमण पुष्टि
नेपालमा थप १३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १३ सय ८६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएकाे हो।
मन्त्रालयका अनुसार ९ हजार २ सय ५१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ६ हजार ४४३ जनाको पिसिआर गर्दा १ हजार १ सय ८३ जना र २ हजार ८ सय ८ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार नेपालमा ४५ हजार २४८ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ८७०४ जना निको समेत भएका छन् भने यस अवधिमा काेराेना संक्रमणबाट थप ११ जनाकाे मृत्यु भएकाे छ ।
Facebook Comments

