स्थानीय तह निर्वाचनः गुल्मीकाे मालिका गाउँपालिकामा सत्ता गठबन्धनकाे साझा उम्मेदवार तय
आगामी स्थानीय तहको निर्वाचनको लागि सत्तारूढ पाँच दलीय गठबन्धनवीच तालमेलकाे माेडालिटी बनिसकेकाे छैन् ।
केन्द्रमा तालमेलका बारेमा दिनहुँजस्तै बैठक चल्दै गर्दा कतिपय स्थानीय तहमा भने स्थानीय तहमै गठबन्धनका लागि सहमति हुन थालेकाे छ ।

गाउँपालिका उपाध्यक्ष नेपाली कांग्रेसले लिएको छ । आठ वडा रहेको मालिका गाउँपालिकामा माओवादी केन्द्रलाई पालिका अध्यक्षसहित दुई वडाअध्यक्ष भाग परेको अर्यालले बताए। त्यस्तै नेपाली कांग्रेसको भागमा उपाध्यक्षसहित ६ वटा वडा परेका छन्। अन्य नेकपा एकीकृत (समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले भने ती दलका उम्मेदवार नउठाउने बताइएकाे छ ।
Facebook Comments

