अर्थमन्त्री शर्मामाथि छानविनकाे दवाब

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने प्रतिपक्षीकाे मागमा सत्तापक्षबाट समेत दवाब थपिएकाे छ । कांग्रेसमा अर्थमन्त्री स्वयंले राजीनामा दिनुपर्ने या प्रधानमन्त्रीले हटाउनुपर्ने आवाज उठेकाे छ ।

गठबन्धन सरकार भएकाले प्रधानमन्त्रीले पार्टीका नेताहरूले भनेकै आधारमा अर्थमन्त्री बर्खास्त गर्ने अवस्था त छैन । तर दवाब भने तीव्र छ ।

बजेट निर्माणका क्रममा अनुशासनहीन क्रियाकलाप भएको भन्दै नागरिक स्तरमा समेत बिषय उठिरहेकाे छ । बजेट बनाउने क्रममा असम्बन्धित मानिसहरू सहभागी बनाइ निश्चित व्यापारिक घरानालाइ फाइदा पुग्ने गरी करको दर हेरफेर गरेको आरोप शर्मामाथि छ।

नेपाली कांग्रेसका नेता शेखर कोइराला, महामन्त्री गगन थापा, सञ्चार माध्यमले प्रश्न उठाइरहेका छन् भने स्वयं अर्थमन्त्रीकै पार्टीमा समेत अर्थमन्त्रीबारे प्रश्न उठेकाे थियाे ।

केन्द्रीय सदस्यहरूले अर्थमन्त्रीबारे प्रश्न गरेपछि अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले प्रधानमन्त्री र सभामुखसँग कुरा गर्ने बताउनुभएकाे थियाे । अर्थमन्त्री स्वयंले भने अनाधिकृत मान्छे संलग्न भएकाे कुरा अस्वीकार गर्दै आउनुभएकाे छ । तर अर्थमन्त्रालयकाे सिसि टिभी फुटेज सहजै उपलब्ध नगराएकाले भने संशय पैदा भएकाे छ ।

Facebook Comments