एमालेले देशभर जिल्ला अधिवेशन गर्दै

नेकपा एमालेले देशैभर जिल्ला अधिवेशन गर्दैछ । एमाले अध्यक्ष केपी ओलीले आज बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ जिल्ला अधिवेशनको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम तय भएकाे छ ।

यसअघि पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको एमालेले दशाैं महाधिवेशनपछि जिल्ला अधिवेशन गर्न लागेकाे हाे । जिल्ला अधिवेशन लगत्तै प्रदेशकाे अधिवेशन गर्ने साे पार्टीकाे तयारी छ ।

गर्दैछ। जिल्ला अधिवेशनपछि प्रदेश अधिवेशन हुनेछ। अधिवेशनका लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्थाअनुसार सम्बन्धित कमिटीले तय गरिसकेका छन् ।

मौसमी प्रतिकूलताका कारणले पुस २३ मा जिल्ला अधिवेशन आयोजना गर्न नसक्ने हिमाली जिल्लाका हकमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोक्न सकिने एमालेले जनाएको छ।

चुनाव नजिकिदैं गर्दा राजनीतिक दलहरूले भेला सम्मेलनमा तीव्रता दिएका छन् ।

Facebook Comments