गठबन्धनका नाममा घेराबन्दी भएपनि एमालेलाई जनताकाे साथ छः अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्य दलहरूले गठबन्धनका नाममा घेराबन्दी गरेपनि जनताकाे साथ रहेकाे बताउनुभएकाे छ ।
उहाँले माघ १२ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम पार्टीका लागि प्रतिकूल आउने भन्दै त्यसलाई अनाैठाे मान्न नहुने बताउनुभयाे ।
अध्यक्ष ओलीले मतदाता पुरानै रहेको र राष्ट्रिय सभाको परिणाम आजको जनमत नहुने पनि जिकीर गर्नुभयाे । राष्ट्रिय सभा चुनावका मतदाता प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख हुन्। एमालेकाे विभिन्न ६१ जिल्लाका जिल्ला अधिवेशन भर्चुअल रूपमा आज उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
अध्यक्ष ओलीले सत्तागठबन्धनलाई प्रतिगामी भन्दै पुरानाे जनमत भएकाले यसले खासै फरक नपर्ने जिकीर गर्नुभयाे ।
Facebook Comments

