केपी शर्मा ओलीको अत्याचारविरुद्ध गठबन्धनःप्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्याचारविरुद्ध ५ दलीय गठबन्धन बनेकाे बताउनुभएकाे छ । तनहुँकाे दमाैलीमा भएकाे चुनावी सभामा बाेल्दै प्रधानमन्त्री देउवाले सत्तारुढ दलको गठबन्धन राष्ट्रिय आवश्यकता भएको समेत उल्लेख गर्नुभयाे ।

उहाँले देशमा व्याप्त राजनीतिक अस्थिरता, भष्ट्राचार साथै एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्याचारविरुद्ध ५ दलकाे गठबन्धन बनेको बताउनुभएकाे हाे ।

उहाँले प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धन कायम गरी अगाडि बढ्ने बताउनुभयाे । गठबन्धन बनेपछि एमाले अध्यक्ष ओलीको कार्यशैलीबाट जनताले मुक्ति पाएको समेत प्रधानमन्त्रीकाे दाबी थियाे ।

एमाले अध्यक्ष ओलीले पटक पटक संसद् भङ्ग गरेकाे तथा गठबन्धन असफल बनाउन पटक पटक तिकडम गरेपनि सफल नभएको बताउनुभयाे ।

जनकपुरमा भएकाे सभामा गठबन्धनकाे विराेधमा नबाेल्न पार्टीका नेता कार्यकर्तालाई देउवाकाे निर्देशन थियाे ।

Facebook Comments