तान्जिनायाको विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु
तान्जानियामा एक यात्रुवाहक विमान अवतरणकाे बेला दुर्घटनामा परेकाे छ । साे विमानमा सवार ४३ जनामध्ये दुर्घटनामा १९ जनाको मृत्यु भएको र २६ जना घाइते भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
बीबीसीकाे समाचारमा प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना हुँदा १९ जनाको मृत्यु र २६ जना घाइते भएको उल्लेख छ ।
स्थानीयवासीले डुंगाको सहायतामा यात्रुहरुकाे उद्धार गरेका बताइएकाे छ । दारेसलामबाट बुकोबाका लागि उडेको उक्त विमान के कारणले दुर्घटना भयाे भनेर एकिन कारण खुलेको छैन ।
Facebook Comments

