‘नो, नट अगेन’का पक्षमा सर्वाेच्चकाे अल्पकालीन अन्तरिम आदेश

‘नो, नट अगेन’ अभियानमाथि निर्वाचन आयोगले कार्वाही गर्ने चेतावनी दिएपछि सर्वाेच्चमा दायर भएकाे रिटकाे प्रारम्भिक सुनुवाइकाे क्रममा उक्त अभियान चलाउने अभियान्ताहरूलाई कारबाही नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।

‘नो, नट अगेन’ अभियान चलाउने अभियान्ताहरूलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्देशनविरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीद्वारा दायर रिटमा सर्वोच्च अदालतले यस्ताे आदेश दिएकाे हाे ।

आइतबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासले उक्त आदेश दिएको हाे । सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार अल्पकालीन अन्तरिम आदेशसँगै कात्तिक २४ गते रिट निवेदक र विपक्षी दुबैलाई छलफलका लागि बोलाइएको छ ।

निर्वाचन आयोगले विभिन्न दलका शीर्ष नेताको फोटो राखेर ‘नो, नट अगेन’ को प्रचार रोक्न निर्देशन दिएको थियो।

Facebook Comments