ड्याम साइड क्लबको १२ औं अधिबेशन सम्पन्न, अध्यक्षमा प्रताप गुरुङ

फुटबल खेलाडीहरु उत्पादनको उध्येश्य लिएर स्थापना भएको पोखरा महानगरपालिका वडा नं १७ मा रहेकोे ड्याम साइड क्लबको १६ औं साधारण सभा तथा १२ औं अधिबेशनबाट प्रताप गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरिएकाे छ ।

क्लबको वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद बराल, उपाध्यक्षमा पुजन थकाली, महासचिवमा राकेस श्रेष्ठ, सचिवमा नितिन शेरचन (किरण), कोषाध्यक्षमा सफल थापा र सदस्यहरुमा रबि थापा, दुर्गा केसी, गम्भीर परियार, नितेस बिक्रम भट्टराई, कपिल रानाभाट, शैलेश माझी, कुश थापा रहनसभएकाे छ ।

कार्यक्रममा पुर्व अध्यक्ष रमेश गुरुङ, सल्लाहकार कल्पना श्रेष्ठ, समाजसेवी महेन्द्र श्रेष्ठले क्लबले समाजमा उल्लेखनीय कार्य गरेकोमा धन्यवाद व्यक्त गर्नुभयाे ।

सभाले महासचिव किर्तिबल्लभ त्रिपाठीले क्लबको प्रगति प्रतिबेदन र कोषाध्यक्ष राकेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सर्वसम्मत पारित गरेको थियो ।

महासचिवले क्लबको विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष, महासचिव र थप १ सदस्यसहित १३ सदस्यीय कार्यसमिति बनाउने प्रस्तावलाई सभाले सर्वसम्मत निर्णय गरेकाे छ ।

क्लबका अध्यक्ष पदमबहादुर ढकालले आफू क्लबको नेतृत्वमा आए देखि हालसम्म गरेका सामाजिक कार्यको बारेमा बताउँदै बिदेशमा रहेर पनि क्लबलाई आर्थिक तथा अन्य सहयोग गरेका सम्पुर्ण सहयोगीदाताहरुलाई आभार व्यक्त गर्नुभयाे । उहाँले आगामि दिनहरुमा पनि क्लबका कार्यमा साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ ।

क्लबका कानुनी सल्लाहकार अधिबक्ता केशवराज बराल र अधिबक्ता बाबुराम अर्यालले निर्वाचन प्रक्रियामा सहजीकरण गर्नुभएकाे थियाे ।

क्लबका अध्यक्ष पदमबहादुर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रमेशप्रसाद बराल र संचालन महासचिव किर्तिवल्लभ त्रिपाठीले गर्नुभएकाे थियाे ।

Facebook Comments