दोश्रो टाइगर कप आमन्त्रित भलिवल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना, नेपाल भलिवल संघको स्विकृतीमा ‘दोश्रो टाइगर कप आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला÷पुरुष भलिवल प्रतियोगिता २०७८’ को सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

टाइगर ग्रुपले पोखरामा एक पत्रकार सम्मेलन आयोजना गरी तयारी पुरा भएको जानकारी दिएको हो । शुश्री मिडिया प्रा.लीको मुख्य प्रायोजनमा पोखरा रंगशालामा यहि पुष २६ गतेबाट राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता हुने संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिनुभयाे ।

प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी गराउँदै अध्यक्ष शर्माले भन्नुभयाे –“यस क्षेत्रमा भलिवलको लोकप्रियता संगै राष्ट्रिय टिममा गण्डकी प्रदेशबाट उत्पादित खेलाडीहरुको लामो समयदेखिको उपस्थितीका साथै भलिवल खेलको विकासमा योगदान दिन यो प्रतियोगितालाई निरन्तरता दिएका छौं ।”

प्रतियोगितामा महिला तर्फ विभागिय टिमहरुमा नेपाल आर्मी क्लव, नेपाल पुलिस र शसस्त्र प्रहरीबल, न्यू डायमण्ड र आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपाल रहको छ । आयोजकको टिममा नेपाल महिला भलिबलकी क्याप्टेन अरुणा शाहीको नेतृत्वमा श्रीलंकका महिला भलिबलका क्याप्टेन सहित ३ जना खेलाडीहरूको सहभागिता रहनेछ । त्यस्तै पुरुषतर्फ गण्डकी प्रदेश, विभागिय टिमहरू नेपाल आर्मी क्लव, नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीवल, टिप टप हेल्प नेपाल स्पोर्टस क्लवको टिम रहेका छन् । केही टिममा छिमेकी राष्ट्र भारतका टिम क्याप्टेन सहितका खेलाडीहरूको सहभागिता रहनेछ ।

प्रतियोगिताको उपाधि विजेता महिला÷पुरुष उपाधी विजेता टिमलाई समान नगद रु. ३÷३ लाख, उपविजेता महिला÷पुरुष टिमलाई समान नगद रु. १ लाख ५० हजार, तेश्रो हुने महिला÷पुरुष टिमलाई समान नगद रु. ७५ हजार र सान्त्वना हुने महिला÷पुरुष टिमलाई नगद ३५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ । यसै गरी महिला तथा पुरुष तर्फ उत्ृकष्ट एक–एक खेलाडीलाई समान नगद रु. २५÷२५ हजार तथा हरेक विद्याका उत्कृष्ट खेलाडीहरुलाई नगद जनही नगद १०÷१० हजार सहित र ट्रफीद्वारा सम्मान गरिनेछ ।

पोखरा रंगशालामा हुने आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि हामीले यो पटक विशेष तयारीका साथ अघि बढेको प्रचार प्रसार समितीका संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिनुभयाे ।

दर्शकहरूका लागि अस्थायी प्याराफिट निर्माण, जेष्ठ नागरिक लगायत फरक क्षमता भएका दर्शकहरूलाई खेल हेर्न छुट्टै व्यवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई बस्नको लागि विशेष व्यवस्था गरिएको छ । साथै प्रतियोगिताका लागि प्रवेश शुल्क रु. २ सय र ३ सय निर्धारण गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितालाई सफल बनाउन शिव श्रेष्ठ संयोजक, सहसंयोजक गोविन्द थापा सहितको विभिन्न उपसमितिहरू गठन गरी सम्पूर्ण कामहरू पुरा गरी अन्तिम चरणमा पुगेको क्लवका सचिव प्रकाश बरालले उल्लेख गर्नुभयाे ।

Facebook Comments