राष्ट्रियसभा निर्वाचनः उम्मेदवारलाई चुनाव चिन्ह प्रदान
राष्ट्रियसभा सदस्य पदको उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ । आगामी माग १२ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको हो ।
आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रियसभा सदस्य निर्वाचन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै चुनाव चिन्ह प्रदान गरेको हो ।
आयोगले उम्मेदवारलाइ उनीहरू आवद्ध दलकै चुनाव चिन्ह प्रदान गरेकाे छ । त्यस्तै आयोगले साेमबारदेखि निर्वाचन आचार संहिता लागू हुने पनि जनाएकाे छ ।
Facebook Comments

