बडादशैं अन्तर्गत आज कोजाग्रत पूर्णिमा

हिन्दु धर्मावलम्वीहरूले मनाउने महत्वपूर्ण पर्व बडादशैं अन्तर्गत आज कोजाग्रत पूर्णिमा मनाइँदैछ । दशैंलाई विदा गरी लक्ष्मीको स्वागत गरेर हिन्दु नेपालीहरूले काेजाग्रत पूर्णिमा मनाउँदैछन् । विजयादशमीकाे टीका र जमरा एवं आशिर्वाद लिने अन्तिम दिन पनि हाे ।

हिन्दु धर्मावलम्वीहरूले मनाउने महत्वपूर्ण पर्व बडादशैं अन्तर्गत आज कोजाग्रत पूर्णिमा मनाइँदैछ । दशैंलाई विदा गरी लक्ष्मीको स्वागत गरेर हिन्दु नेपालीहरूले काेजाग्रत पूर्णिमा मनाउँदैछन् ।

कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गर्ने चलन छ । याेसँगै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैं समाप्त हुने गर्दछ ।

आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन आज नै समाप्त हुन्छ ।

Facebook Comments