किसान श्रेष्ठको चुनावी एजेण्डाः अस्पताल, सडक लगायतका पुर्वाधार विकास
नेकपा एकीकृत समाजवादी का नेता तथा प्रतिनिधिसभाका लागि बारा ४ बाट बाम(लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)ले चुनावी एजेण्डामा भौतिक पुर्वाधार विकासलाई प्राथमिकता दिनुभएको छ ।
नेता श्रेष्ठले हरेक गाउँपालिका र उपमहानगरपालिका सबै वडाहरुलाई व्यवस्थित सडक सञ्जालमा जोड्ने प्रतिवद्धता जनाउनुभएको छ । सबै वडाहरुलाई आउँदो ५ वर्षमा पक्कि सडकको रुपमा विस्तार गरिने उल्लेख गर्नुभएको छ ।
मलेखगञ्जमा रहेको विद्यमान खानेपानी समस्यालाई तत्काल सामाधान गर्ने प्रतिवद्धता पनि उहाँले जनाउनुभएको छ । प्रत्येक गाउँमा खानेपानीलाई पाइपलाइनका माध्यमले वितरण कार्यको आरम्भ गरिने प्रतिवद्धता पनि उहाँले जनाउनुभएको छ ।
नेता श्रेष्ठले विश्रामपुर( इटियाही(प्रसौनी(खुटवा(बुनियाद(इनर्वासिरा(महेन्द्र लोकमार्गसम्म सडक सञ्जाल निर्माण गरिने प्रतिवद्धता जनाउनुभएको छ । साथै छतवा(वतरा(फुलवरिया(फेटा(भर्वलिया( भलुही(बंजरिया(हरपुर इनर्वासिरा हुदै महेन्द्र लोकमार्गमा जोडिने उल्लेख गर्नुभएको छ ।
राष्ट्रिय गौरबका योजनाहरु फाष्ट ट्रयाक, निजगढको अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण सम्पन्न गर्ने तथा विरगञ्ज र सिमरामा रहेको औधोगिक करिडोरलाई बिशेष आर्थिक क्षेत्र ९सेज० को सञ्चालन गर्ने प्रतिवद्धतामा उल्लेख छ ।
आफ्नो निर्वाचन क्षेत्रमा ढल, नाला र पानीको निकासलाई व्यवस्थित गरी व्यवस्थित बसोबासको प्रवन्ध मिलाउने, सडक बत्ती, सौर्य बत्ती तथा हरियाली प्रबर्द्धनका लागि सडकपेटीमा बृक्षारोपण अभियान अघि बढाउने पनि उहाँले प्रतिवद्धतामा उल्लेख गर्नुभएको छ ।
पर्सा राष्ट्रिय निकुन्ज तथा छातापिप्रामा रहेको गढीमाई मन्दिरलगायत स्थानहरुलाई पर्यटन केन्द्रको रुपमा बिकास गर्ने तथा जङ्गली जनावर तथा प्राकृतिक बासस्थलहरुको संरक्षण तथा सम्बर्द्धन गर्ने पनि उल्लेख गर्नुभएको छ ।
औधौगिक करिडोरमा मजदुरका लागि २ सय शैयाको सुविधा सम्पन्न मजदुर अस्पतालको निर्माण तथा सञ्चालनको प्रतिवद्धता पनि उहाँले जनाउनुभएको छ ।

