पर्यटन प्रवर्द्धनका लागि वेगनास तालमा झोलुंगे पुलः कोईराला
आसन्न प्रदेश सभा निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर १ (१) का उम्मदेवार दीपक कोईरालाले पर्यटन प्रवर्द्धनका लागि वेगनासमा पनि झोलुँगे पुल निर्माण गरिने वताउनुभएकेा छ ।
मंसिर ४ गते हुन लागेको निर्वाचन प्रचार प्रसारको क्रममा स्थानीय मतदाताहरुसँग भेटघाट गर्दै रुपातालमा जस्तै वेगनासतालमा पनि पुल निर्माण गर्ने आफुनो योजना रहेको काेइरालाको भनाई थियो ।
‘अहिलको कार्यकालमा रुपातालमा पुल बनाईयो, अबको कार्यकालमा वेगनासमा बनाउने हो ।’ उहाँले भन्नुभयाे । कोईरालाले वेगनासको पिप्लेबाट बराह मन्दिर जोड्ने पुल आफुनो योजनामा रहेको सुनाउनुभयाे । यो पुल निर्माण भएपनि वेगनासमा जलयात्रा पर्यटनको साथै धार्मिक पर्यटनको पनि विकास हुने विश्वास व्यक्त गर्नुभयाे ।
लेखनाथका सात ताललाई जोड्ने ट्रेल निर्माण गर्ने आफ्नो योजना रहेको बताउँदै काेइरालाले लेखनाथमा रहेका सातवटा तालका सातवटै विशेषता छन्, सोही विशेषताका आधारमा पर्यटनमा जाेड दिनुपर्ने बताउनुभयाे ।
नेपाली काँग्रेसका सह महामन्त्री जीवन परियारले पटक पटक संविधान मिच्ने शक्ति हावी हुन खोजेको भन्दै, त्यस्ता तत्वलाई अहिलेको निर्वाचनबाटै परास्त गर्नुपर्नेमा जोड दिनुभयाे ।
मंसिर ४ को निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प छैन भन्दै परियारले दुई दुई पटक संसद विघटन गर्दै संविधानको घाँटी निमोठ्ने घटना लोकतन्त्रवादीलाई सह्य नहुने चेतावनी दिनुभयाे ।
यस क्षेत्रमा संघबाट अहिलेसम्म कुै ठुला योजना नपरेको भन्दै परियारले गठबन्धनका उम्मेदवारले जितेमा केन्द्र देखि स्थानीय तहसम्मका योजनाहरु पारिने आश्वासन दिनुभयाे ।
पुर्वमन्त्री यज्ञबहादुर थापाले देशलाई, प्रणालीलाई, विधिलाई, संविधानलाई संकट परेको बेला काँग्रेस र माओवादी सधैं एक कुने गरेको स्मरण गर्दै अहिले पाँच दल एउटै डुँगामा भएकोले मतदानका बेला होस पुर्याउन आग्रह गर्नुभयाे । आफ्ना उम्मेदवारलाई आँफैले मिहिनेत गरेर निर्वाचित गराउनुपर्ने दायित्व मंसिर ४ सम्म हाम्रो काँधमा आएको थापाको भनाई थियो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता तथा समानुपातिक तर्फका उम्मेदवार झलकपाणि तिवारी, माओवादीका बुद्धिजिवी नेता कोमलनाथ बराल लगायतले प्रतिगामी शक्तिहरुलाई परास्त गर्नका लागि गठबन्धनले जित्नुपर्नेमा जोड दिँदै अबको निर्वाचन पनि व्यवस्था जोगाउने आन्दोलन गर्नु नपर्ने र सम्बृद्धिको यात्रामा अगाडी बढिने बताउनुभयाे ।

