गुजरातमा भाजपा, हिमाचलमा राष्ट्रिय कंग्रेसकाे बहुमत

भारतीय राज्य गुजरात र हिमाचलमा विधान सभा निर्वाचन सम्पन्न भएकाे छ ।

गुजरातमा सत्तारूढ भारतीय जनता पार्टीलाई अभुतपूर्व सफलता मिलेकाे छ । साे पार्टीले लगातार छैटौं पटक चुनाव जितेको छ। बिहीबार भएको मतगणना भाजपाले १८२ सदस्यीय विधानसभामा १५६ सिटमा विजयी बनेकाे छ ।

उसले यसअघिकाे भन्दा पनि भारी बहुमत ल्याएकाे छ । गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश पनि हाे । उक्त स्थानमा भाजपाले सन् १९९५ देखिको आफ्नो पकड कायम राखेको छ।

कांग्रेसले १७ सिटमा जित हाँसिल गरेकाे छ भने आम आद्‍मी पार्टीले  पाँच सिट जितेको छ भने अन्य उम्मेदवारले विधान सभाका ४ सिटमा जित हासिल गरेका छन्।

त्यस्तै हिमाचलको विधान सभामा भने राष्ट्रिय कंग्रेसले बहुमत ल्याएकाे छ । यसअघि बहुमत सिट जितेकाे सत्तारूढ भारतीय जनता पार्टीले हिमाचलमा हार व्यहोरेको हाे ।

६८ सदस्यीय विधान सभामा कंग्रेसले ४० सिटमा जित हात पारेकाे छ । भाजपाले २५ सिटमा विजयी भएका छन् । अन्य पार्टीहरूले ३ सिटमा विजयी बनेका छन् ।

Facebook Comments