जसपामा भट्टराई, यादव र राईकाे ३ सदस्यीय हेडक्वार्टर
जनता समाजवादी पार्टी नेपाल (जसपा) ले तीन सदस्यीय पार्टी हेडक्वार्टर गठन गरेको छ।
साेमबार बसेको केन्द्रीय समिति बैठकले संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई सम्मिलित पार्टी हेडक्वार्टर गठन गरेको हो।
कार्यकारिणी वा केन्द्रीय समिति बैठक बस्न नसक्ने र तत्काल पार्टीले निर्णय लिनुपर्ने अवस्थामा यो हेडक्वार्टरले आवश्यक निर्णय लिन सक्ने अधिकार दिइएकाे छ ।
पार्टी हेडक्वार्टरले लिने निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने बताइएकाे छ। साथै स्थानीय तह निर्वाचनका लागि वरिष्ठ नेता अशोक राईको हस्ताक्षरबाट उम्मेदवार लगायतका बिषयमा पत्राचार गर्ने निर्णय गरिएकाे छ ।
यसैवीच जनता समाजवादी पार्टी (जसपा) ले पार्टीका नेता तथा सांसद प्रदीप यादवमाथि गरिएको कारबाही फिर्ता लिएको छ।
अनुशासनको कारबाही गरिएको तीन महिनापछि उक्त कारबाही फिर्ता लिइएको साे पार्टीले जनाएकाे छ ।

