नयाँ वर्षकाे शुभकामनामा राजनीतिक घाेचपेच

नयाँ वर्षकाे शुभकामनामा पनि नेताहरूले राजनीतिक घाेचपेच सहितका शुभकामना जारी गरेका छन् ।

दलका नेताहरूले नयाँ वर्ष २०७९ काे अवसर सन्देश जारी गरेर शुभकामना दिएका छन् । उनीहरूकाे शुभकामना सन्देशमा राजनीतिक रूपमा दाेषाराेपण तथा घाेचपेच गरिएकाे छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।

राप्रचण्डकाे शुभकामना सन्देशमा नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भातृत्व र राष्ट्रिय एकताको भावना विकास गराई सामाजिक न्याय सहितको समृद्धि हुँदै समाजवादको यात्रामा अग्रसर हुन प्रेरणा मिलोस् भन्ने गरिएकाे छ।

नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै निर्माण गरिएको नयाँ संविधान कार्यान्वयनको क्रममा दोस्रो पटक स्थानीय तहको निर्वाचन गर्न गइरहेकाले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न पनि सन्देशमा अपिल गरिएकाे छ ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि सन्देश मार्फत् नयाँ वर्ष २०७९ अवसरमा

शुभकामना व्यक्त गर्नुभएकाे छ । उहाँले नयाँ वर्ष २०७९ देशकाे राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताउनुभएकाे छ ।

नयाँ वर्षको शुभकामना सन्देश दिँदै उहाँले सङ्घ, प्रदेश र स्थानीय तहको चुनावी वर्षका रुपमा रहेकाले देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताउनुभएकाे हाे ।

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन्देश जारी गरी नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।

उहाँले सन्देशमा जनादेश भन्नेबित्तिकै सत्ता गठबन्धनको सातो जाने सन्देशमा उल्लेख गर्नुभएकाे छ ।

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनबाट अब काेही पनि भाग्ने ठाउँ नभएको बताउनुभएकाे छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सत्ता गठबन्धनको विरोध गर्दै देशलाई संकटमा धकेलेको आरोप लगाउनुभएकाे छ । यसअघि अर्थमन्त्रीलाइ अराजककाे संज्ञा दिनुभएका ओलीले लामाे शुभकामना सन्देशमा सत्तामा रहेका दलमा कुनै एजेण्डा समेत नभएकाे टिप्पणी गर्नुभएकाे छ ।

Facebook Comments