राष्ट्रपतिद्वारा नागरिकता विधेयक संसदमा फिर्ता

राष्ट्रपति  विद्यादेवी भण्डारीले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक पुनर्विचार गर्नुपर्ने भन्दै संसदमा नै फिर्ता पठाइदिनुभएकाे छ ।

राष्ट्रपति कार्यालयकाे विज्ञप्ति अनुसार राष्ट्रपति भण्डारीले पुनर्विचार गर्नुपर्ने भन्दै नागरिकता विधेयक आइतबार संसदमा फिर्ता पठाउनुभएकाे हाे ।

संसदका दुबै सदनले पारित गरेर  पठाएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्ने वा पुनर्विचारका लागि फिर्ता पठाउन सक्ने संवैधानिक व्यवस्था अनुसार विधेयक फिर्ता भएकाे हाे । विधेयकका विषयमा विवाद रहेपनि सत्ता पक्षले पारित गरेकाे थियाे ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देश सहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ,’ आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सत्तारूढ दलका नेताहरूले भने राष्ट्रपतिले विधेयक संवैधानिक व्यवस्थाअनुसार प्रमाणीकरण गर्नुपर्ने भएकाले प्रमाणीकरण हुने अपेक्षा गरेका थिए।  विधेयक फिर्ता भएपछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने जनतालाइ नागरिकता विहीन वनाउन खाेजिएकाे भन्दै असन्तुष्टि प्रकट गर्नुभएकाे छ ।

Facebook Comments