राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमः ४ हजार १५७ विद्यालय छनोट

सरकारले शैक्षिक संस्था सुधारका लागि प्रयास गरिरहेकाे छ । त्यसै अन्तर्गत सञ्चालन हुन लागेकाे राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ४ हजार १ सय ५७ विद्यालय छनोट भएका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कार्यक्रम सञ्चालनका लागि विद्यालयहरूको छनोट गरेको हो ।

कार्यक्रम अन्तर्गत भाैतिक पूर्वाधार निर्माणमा जाेड दिइएकाे छ । अधिकाशं शैक्षिक संस्थामा भवन निर्माणकाे कार्यक्रम समावेश गरिएकाे छ भने प्राविधिक तर्फ आइसीटी ल्याब व्यवस्थापन, प्राविधिक ल्याब र २१ नयाँ प्राविधिक शिक्षालय निर्माण गरिने तय भएकाे छ ।

९ सय ७६ विद्यालयमा ४ कोठे भवन, ९ सय ६६ मा दुई कोठे भवन निर्माण गरिनेछ । यस्तै, २ हजार १ सय ६ विद्यालयमा आइसीटी ल्याब व्यवस्थापन, ८८ मा प्राविधिक ल्याब र २१ नयाँ प्राविधिक शिक्षालय निर्माण गरिनेछ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ७ अर्ब ८५ करोड ५१ लाख रकम छुट्याएको छ ।

Facebook Comments