काठमाण्डाैकाे फाेहाेर ब्यवस्थापनः बञ्चरेडाँडा सिसडाेलबासीद्वारा आन्दोलन फिर्ता
काठमाण्डाै महानगरपालिकाकाे मुख्य चुनाैती बनिरहेकाे फाेहाेर ब्यवस्थापनमा उल्झन कतिबेला आउँछ कुनै पत्ताे हुँदैन । पछिल्लाे समयमा कहिले बाटाेका कारण, कहिले स्थानीयकाे अवराेधका कारण त कहिले बाख्रालाइ फाेहाेरकाे गाडीले किचेर मारेकाे जस्ता कारणले फाेहाेर फाल्नमा अवराेध हुने गरेकाे छ ।
पछिल्लाे समय ल्याण्डफिल साइड रहेकाे बञ्चरेडाँडा-सिसडोलका स्थानीयले भने भदौ १ गतेदेखि गर्ने भनेको आन्दोलन फिर्ता लिएकाे घाेषणा गरेका छन् ।
सरकारले सहरी विकास मन्त्रालय मार्फत् ३ महिनाभित्र स्थानीयसँगकाे सम्झाैता कार्यान्वयनका लागि निर्देशन दिएपछि स्थानीय नरम भएका हुन् । अन्यथा भदाै १ गतेबाट फाेहाेर फाल्न नदिने संघर्ष समितिकाे घाेषित कार्यक्रम थियाे ।
यसअघि धुनीवेसी नगरपालिका १ का कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने बञ्चरेडाँडामा फाेहाेर फाल्न नदिने भन्दै विज्ञप्ती निकालेका थिए ।
गएकाे केही दिनयता काठमाण्डाै महानगरपालिकाकाे फाेहाेर उठन नसक्दा सहरका चाेकचाेकमा फाेहाेर यत्रतत्र थुप्रिन थालेकाे छ ।

