प्रचण्डकाे उम्मेदवारीले गाेरखामा निर्वाचनकाे चर्चा अधिक

प्रतिनिधि सभा र प्रदेश सभाकाे मँसिर ४ गते हुने निर्वाचनकाे माहाैल गाेरखामा ह्वात्तै बढेकाे छ । बजारका चाेक, गल्ली, गाउँघरका चाैतारा, चियापसलमा जताजतै राजनैतिक परिचर्चा हुने गरेकाे हाे । मानिसहरुले प्रचण्ड गाेरखा आउनुकाे कारणबारे जिज्ञासा खाेजिरहेका छन् ।

२२ वर्षकाे कलकलाउँदाे उमेरमा गाेरखा आएर शिक्षण गरेका र निल परेकाे विद्यालयलाइ प्रथम श्रेणी सहितकाे उत्कृष्ट विद्यालय  निर्माण गरेका प्रचण्डले गाेरखामा नै बसेर राजनैतिक यात्रा तय गरेकाे बताउनुहुन्छ ।

पञ्चायत विराेधी आन्दाेलन गाेरखा बसेर नै गरे । जनक्रान्ति र गणतन्त्रकाे सुरुवात गाेरखामा नै हेडक्ववाटर खडा गरेर गरेकाे उहाँले सार्वजनिक कार्यक्रममा बताउँदै आउनुभएकाे छ ।  

प्रचण्ड सँधै राजनीतिमा सक्रिय रहँदै नेपालमा फरक फरक नीति तथा सिद्धान्तकाे प्रयाेग समेत गर्दै आउनुभएकाे छ । उहाँले यसपटक गाेरखाबाट आर्थिक समृद्धिकाे यात्रा तय गर्ने बताउनुभएकाे छ । हाल सम्म गाेरखाका १०४ वटा सभामा सम्बाेधन गरिसकेका प्रचण्डले पटक पटक एउटै कुरा दाेहाेर्याएका छन् । कानुनी हिसावले उनी गाेरखा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार भएपनि समग्र गाेरखा र मुलुककै विकास र समृद्धिका लागि उम्मेदवार बनेकाे बताउने गर्नुभएकाे छ ।

नेपाललाइ लगानीकाे गन्तव्य बनाउने र सबैलाइ यही भविष्य निर्माण गर्नका लागि वातावरण बनाउन प्रचण्ड लागि परेकाे देखिन्छ । स्पष्ट स्वभाव प्रचण्डकाे कुनै जालझेल, षड्यन्त्र र अस्प्षटता देखिदैन । 

विहान ६ बजेदेखि राती १० बजेसम्म प्रचण्ड जनताहरुसँगकाे भेटघाट, सभा, सम्मेलन, विकास निर्माणका छलफलमा व्यस्त हुनुपरेकाे छ । उहाँले गाेरखामा विद्यार्थी, युवाहरु, शिक्षक, विभिन्न जनवर्गिय र जातिय सँघ, सँगठनहरु, व्यावसायि, उद्याेग वाणिज्य सँघका व्यावसायी, सहिद वेपत्ता परिवार सबैसँग भेटघाट गरिसक्नुभएकाे छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डसँगै गाेरखामा विकास भित्रिने गाेरखाली नागरिकहरुमा अपेक्षा छ । समाजवादकाे यात्रामा रहेका प्रचण्ड यस अघि राेल्पा, काठमाण्डाै, सिराहा, चितवनबाट निर्वाचन लड्नुभएकाे छ । हरेक निर्वाचनमा फरक फरक क्षेत्रमा उम्मेदवार बनेर विजयी हुनुभएका प्रचण्ड देश निर्माणकाे सपना बाेकेर अगाडी बढेका विकासमा नेपालकाे माैलिक माेडल तय गर्न विभिन्न भूगाेलमा जाने गरेकाे बताउनुहुन्उछ ।

प्रचण्डलाइ रेकर्ड राख्ने गरी मत दिएर विजयी गराउन नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवँ गाेरखा क्षेत्र नम्बर दुइ (ख)  का उम्मदवार सुरेन्द्रराज पाण्डेकाे अपिल छ ।

प्रचण्डले सार्वजनिक कार्यक्रममा र अघिपछि पनि भन्ने गर्नुभएकाे छ, राणा शासन, पञ्चायती व्यवस्था हटाउन र देशमा गणतन्त्र ल्याउन काँग्रेस र कम्युनिष्टहरुकाे एकताले नै काम गरेकाे छ ।

राजेन्द्र न्याैपाने गाेरखा

Facebook Comments