गण्डकीका भौतिक पूर्वाधार मन्त्री कुमार खड्का बर्खास्त
गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्तीमा पर्नुभएकाे छ ।
कास्कीबाट प्रदेशसभामा उम्मेदवार आकांक्षी खड्काले टिकट नै नपाएपछि पार्टी निकट उम्मेदवारलाई असहयोग गरेको आराेप खड्कामाथि छ ।
गण्डकी प्रदेश सभा क्षेत्र नम्बर २ को (ख) मा टिकटको आकांक्षी रहेका खड्काले सो क्षेत्रका कांग्रेसबाट कानुनमन्त्रीसमेत रहेका विन्दुकुमार थापा उम्मेदवार थापालाई हराउन लागेको आरोप लागेको हाे ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रि परिषदबाट खड्कालाई हटाएर भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय आफैंसँग राख्नुभएकाे छ ।
मुख्यमन्त्री पोखरेलले खड्कालाई हटाएको जानकारीसहित प्रदेश प्रमुखको कार्यालयमा पत्राचार गरेपछि प्रदेश प्रमुखको कार्यालयले मन्त्रि परिषद् हेरफेर सम्बन्धि उक्त सूचना सार्वजनिक गरेकाे हाे । यसअघि गठबन्धनका उम्मेदवारलाई असहयाेग गरेकाे आराेपमा उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य बर्खास्तीमा पर्नुभएकाे थियाे ।


