प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाइँदै

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउँदैछ । निर्वाचन सम्पन्न भएकाे २५ दिनपछि आयोग पदाधिकारीले आज बिहान १० बजे राष्ट्रपति भण्डारीलाई भेटेर प्रतिवेदन बुझाउन लागेका हुन् ।

यसअघि आयोगले मंसिर २१ भित्र प्रतिवेदन बुझाइसक्ने बताएकाे थियाे । तर निर्वाचन भएपछि भने मतगणनामा भएकाे ढिलाइ केही स्थानमा पुनः मतदान तथा केही स्थानमा दलहरूवीचकाे असमझदारीले ढिलाेमात्र मतगणना शुरू हुँदा मतपरिणाम सार्वजनिक हुन समय लागेकाे हाे ।

निर्वाचनको नतिजा घोषणा भएको बुधबार घाेषणा गरेकाेमा भाेलीपल्ट नै राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्न लागिएकाे हाे ।

७ दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्नुपर्ने प्रावधान अनुसार आज प्रतिवेदन पेस गर्न लागिएको हाे ।

आयोगले निर्वाचनको प्रतिवेदन बुझाइसकेपछि नयाँ सरकार गठनको तयारी, संसद बैठक, सांसदहरूकाे सपथ लगायतका कार्यहरूले तीव्रता पाउनेछन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएपनि ७ वटा दलले मात्र राष्ट्रिय दलकाे मान्यता पाउन सफल भए । संसदमा भने दलीय मान्यता रहेका ७ र अन्य ४ गरी ११ दलकाे उपस्थिति हुनेछ ।

Facebook Comments